विवादित ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा | Khabarhub Khabarhub

विवादित ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमिता गरेको भेटिएपछि विवादमा तानिएको ओम्नी (ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल) समूह कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गर्दै उक्त समूहलाई कालोसूचीमा राखेको जनाएको हो । यो समूहले अब १ वर्ष कुनै पनि खरिद प्रक्रियामा सहभागिता जनाउन नपाउने गरी कालोसूचीमा राखिएको छ ।

ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक चलखेल भएको थियो । यो खबर बाहिरिएपछि जनस्तरबाट सरकारको व्यापक विरोध भएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको जनाइएको छ ।

नेपालमा कोरोना भाइरसका संक्रमण देखिएसँगै सरकारले विना प्रतिस्पर्धा ओम्नी समूहलाई चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो ।

त्यसपछि विना प्रतिस्पर्धा महंगो मूल्यमा उपकरण खरिद गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

विवाद भएपछि स्वास्थ्य सेवा विभागले गत चैत्र १९ गते ओम्नीसँगको खरिद सम्झौता रद्द गरेको थियो ।

ओम्नी समूहले स्वास्थ्य साम्रगी ल्याउँदा भ्रष्ट्राचार गरेको खुलेपछि सरकारले औषधि खरिद प्रक्रिया नेपाली सेनलाई जिम्मा दिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  २ : ३१ बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको