मुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण « Khabarhub

मुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले बताए ।

सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उहाँको भनाइ छ ।

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी सङ्क्रमण देखिएको छ । महासङ्घका महासचिव रमेश विष्टले सङ्क्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए ।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : ३० बजे

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा