गुप्तांगको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार | Khabarhub Khabarhub

गुप्तांगको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गुप्ताङ मानिसका अत्यान्तै गोप्य र संवेदनशील अंगहरु हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङमा हुने समस्याहरुलाई सहेर बसिरहेका हुन्छन् ।

शरीरभित्र रहेका विकार वस्तु निस्किने प्रमुख द्धार भएका कारण पनि गुप्ताङ फोहोर हुनुलाई स्वभाविक नै मानिन्छ । यस्तै फोहरका कारण गुप्ताङ र वरीपरीको भाग हाम्रो शरीररको अन्य भाग भन्दा बढी दुर्गन्धित हुने गर्दछ ।

गुप्ताङको उचित स्यहार र सफाई नगर्दा यसबाट निस्किने दुर्गन्धले स्वयम् व्यक्तिलाई नै अप्ठेरो बनाइ राखेको हुन्छ ।

गुप्ताङको दुर्गन्ध पुरुषको तुलनामा महिलामा बढी हुँदा उनीहरु पीडित हुने गरेका पाइन्छ । यस्तो समस्याबाट पार पाउन केही घरेलु समाधानका टिप्सहरु तल दिइएको छ ।

दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाएर अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउँदा पनि सो समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो विधि लगातार दुई हप्तासम्म गर्न सकेमा समस्याबाट मुक्ति पाउन सकिन्छ ।

निमको पातलाई पानीमा उमाल्ने र चिसो भइसकेपछि सो पानीले गुप्ताङ्ग धुदा दुर्गन्ध निस्तेज हुन्छ ।

अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने खाने गर्दा पनि उत्तम हुन्छ ।

गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

दही खानाले पनि गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सघाउ पुग्छ ।

यसका अलावा नियमित रुपमा गुप्ताङ्गको सफाई पनि गर्नुपर्छ । सामान्य त पिसाव गरेपछि गुप्ताङ्ग पखाल्ने धेरैको बानी हुदैन तर यदि तपाईमा यस किसिमको समस्या छ भने पिसाव गरेपछि पनि गुप्ताङ्ग धुने गर्नुहोस यसले पनि दुर्गन्ध हटाउन मद्धत गर्छ ।

त्यस्तै तपाईले लगाउने भित्रि बस्त्र पनि सकेसम्म दैनिक परिवर्तन गर्नुस साथै आकर्षक भन्दा पनि सुतीको नै प्रयोग गर्नु राम्रो मानिन्छ । नियमित रुपमा सफा र चिसो पानीले यौनानाङ्गको सफा गरेमा पनि यस्ता समस्याबाट पार पाउन सकिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ५६ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा