गुप्तांगको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार « Khabarhub

गुप्तांगको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गुप्ताङ मानिसका अत्यान्तै गोप्य र संवेदनशील अंगहरु हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङमा हुने समस्याहरुलाई सहेर बसिरहेका हुन्छन् ।

शरीरभित्र रहेका विकार वस्तु निस्किने प्रमुख द्धार भएका कारण पनि गुप्ताङ फोहोर हुनुलाई स्वभाविक नै मानिन्छ । यस्तै फोहरका कारण गुप्ताङ र वरीपरीको भाग हाम्रो शरीररको अन्य भाग भन्दा बढी दुर्गन्धित हुने गर्दछ ।

गुप्ताङको उचित स्यहार र सफाई नगर्दा यसबाट निस्किने दुर्गन्धले स्वयम् व्यक्तिलाई नै अप्ठेरो बनाइ राखेको हुन्छ ।

गुप्ताङको दुर्गन्ध पुरुषको तुलनामा महिलामा बढी हुँदा उनीहरु पीडित हुने गरेका पाइन्छ । यस्तो समस्याबाट पार पाउन केही घरेलु समाधानका टिप्सहरु तल दिइएको छ ।

दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाएर अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउँदा पनि सो समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो विधि लगातार दुई हप्तासम्म गर्न सकेमा समस्याबाट मुक्ति पाउन सकिन्छ ।

निमको पातलाई पानीमा उमाल्ने र चिसो भइसकेपछि सो पानीले गुप्ताङ्ग धुदा दुर्गन्ध निस्तेज हुन्छ ।

अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने खाने गर्दा पनि उत्तम हुन्छ ।

गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

दही खानाले पनि गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सघाउ पुग्छ ।

यसका अलावा नियमित रुपमा गुप्ताङ्गको सफाई पनि गर्नुपर्छ । सामान्य त पिसाव गरेपछि गुप्ताङ्ग पखाल्ने धेरैको बानी हुदैन तर यदि तपाईमा यस किसिमको समस्या छ भने पिसाव गरेपछि पनि गुप्ताङ्ग धुने गर्नुहोस यसले पनि दुर्गन्ध हटाउन मद्धत गर्छ ।

त्यस्तै तपाईले लगाउने भित्रि बस्त्र पनि सकेसम्म दैनिक परिवर्तन गर्नुस साथै आकर्षक भन्दा पनि सुतीको नै प्रयोग गर्नु राम्रो मानिन्छ । नियमित रुपमा सफा र चिसो पानीले यौनानाङ्गको सफा गरेमा पनि यस्ता समस्याबाट पार पाउन सकिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ५६ बजे

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी