चुनावलाई केन्द्रमा राखेर काम थाल्न अध्यक्ष थापाको आग्रह « Khabarhub

चुनावलाई केन्द्रमा राखेर काम थाल्न अध्यक्ष थापाको आग्रह


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियामा थापाले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्न सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने बताए ।

अध्यक्ष थापाले सङ्गठन केन्द्रित भएर आगामी निर्वाचनलाई ध्यानमा राखी जिल्लाजिल्लामा साङ्गठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गरे ।

बैठकमा पार्टी नेता दीपक बोहोरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, निरञ्जन थापा, भाष्कर भद्रा, चन्द्रबहादुर गुरुङलगाय ७५ केन्द्रीय सदस्यको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ३६ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको