बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय « Khabarhub

बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक जना डा.युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरिएको हो ।

गौतमलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नेछिन् ।  गौतमलाई गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णय नेकपाभित्रको आन्तरिक द्वन्द्वका कारण कार्यान्वयन हुन सकेको थिएन ।

पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीको गुटमा पुगेका गौतमलाई अन्ततः ओलीले राष्ट्रिय सभामा लाने भएका हुन् ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : २४ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको