न्युजिल्याण्ड र इङ्ग्ल्यान्डबीचको मैत्रिपूर्ण फुटबल स्थगित « Khabarhub

न्युजिल्याण्ड र इङ्ग्ल्यान्डबीचको मैत्रिपूर्ण फुटबल स्थगित


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्युजिल्याण्डले इङ्ग्ल्यान्डसँगको मैत्रिपूर्ण फुटबल नखेल्ने घोषणा गरेको छ । बुधबार न्युजिल्याण्ड फुटबलले विज्ञप्ति जारी गर्दै मैत्रिपूर्णका लागि इङ्ग्ल्यान्ड जान खेलाडीको उपलब्धता र कोरोना भाइरसको रेस्टीक्सनका कारण जान नसक्ने भन्दै स्पष्ट पारेको छ ।

इङ्ग्ल्यान्डले नोभेम्बर १२ मा विम्बलीमा मैत्रिपूर्ण फुटबलको आयोजना गरेको थियो । न्युजिल्याण्डले उक्त मैत्रिपूर्ण खेलमा सम्भावित खतरा रहेको भन्दै इङ्ग्ल्यान् टुर रद्द गरेको बताएको छ ।

‘यो खेलले घरेलु फुटबललाई पनि प्रभावित पार्नेछ,’ न्युजिल्याण्ड फुटबलले भनेको छ । गएको वर्ष नोभेम्बरमा लिथुनियासँगको खेल पनि न्युजिल्याण्डले अन्तर्राष्ट्रिय खेल खेलेको छैन् ।

यसअघि मार्चमा ओमान र बहरायनसँग मैत्रिपूर्ण फुटबल खेल्ने तय भएको थियो । तर, कोरोना भाइरस (कोभिड १९) का कारण त्यो पनि रद्द भएको थियो ।

कोरोना भाइरसको महामारी कम नभएको र यस्तो समयमा चुनौति मोल्न नसकिने भन्दै न्युजिल्याण्ड पछि हटेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  २ : २५ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा