क्वारेन्टिनबाट भागेका व्यक्तिको रिपोर्ट कोरोना पोजेटिभ « Khabarhub

क्वारेन्टिनबाट भागेका व्यक्तिको रिपोर्ट कोरोना पोजेटिभ


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- शिखर नगरपालिका वडा न. १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् ।

छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिन राखिएका मध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ ।

शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए ।

उनले भने, “स्वाब परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ ।”

कोरोना सङ्क्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए ।

उनले भने, “ गाउँमा अरुलाई सङ्क्रमण नहोस भनेर गाउँ नै सिल गछौँ ।”

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : ५८ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा