बाँसबारी क्लबद्वारा कोरोना प्रभावितलाई राहत वितरण « Khabarhub

बाँसबारी क्लबद्वारा कोरोना प्रभावितलाई राहत वितरण


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक बी डिभिजन क्लब बाँसबारीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

बुधबार बिहान बासबारीले लायन्स क्लबसँगको सहयोगमा महामारीबाट प्रभावित २ सय परिवारलाई खाद्यान्न सहयोग गरेको हो । सहयोग पाउनेमा खेलाडीहरु समेत रहेका छन् ।

क्लबले सहयोगमा प्रति परिवार करिब १४ सय रुपैयाका दरले सहयोग गरेको हो । जसमा ८ केजी चामल, ३ केजी दाल, एक लिटर तेल, २ केजी चिउराा, मसेउरा, नुन लगायत खाद्य सामग्री रहेको छ ।

‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले बाँसबारी क्षेत्रमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं,’ नेपाली राष्ट्रिय पुटबल टोलीका व्यवस्थापक समेत रहेका बासबारी क्लबका उपाध्यक्ष मधुसुदन उपाध्यायले बताए ।

यस्तै, क्लबले साबुन, मास्क र स्यानिटाइजर समेत सहयोग गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : ०० बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ