फिफा विश्वकप छनोट : स्वारेजको गोलमा उरूग्वको सहज जित | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट : स्वारेजको गोलमा उरूग्वको सहज जित


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा विश्वकप फुटबल छनोट खेलमा उरुग्वेले कोलम्बियालाई सहजै पराजित गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियामा भएको खेलमा उरुग्वेका लागि एडिनसन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले एक एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएको खेलमा बाँकी दुई गोल दोस्रो हाफमा भयो।

५४औँ मिनेटमा स्वारेजले गोल गर्दै उरुग्वेलाई २-० को अग्रता दिलाए।

७३औँ मिनेटमा डार्विनले गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाए ।

९०औँ मिनेटमा यरी मिनाले रातो कार्ड पाएपछि खेलको अन्तिम केहि मिनेट कोलम्बिया १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै उरुग्वे चौंथो स्थानमा उक्लिएको छ । उरुग्वेले ३ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : १४ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट