काठमाडौं उपत्यकामा थपिए ८३५ कोरोना संक्रमित, ६ जनाको मृत्यु « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८३५ कोरोना संक्रमित, ६ जनाको मृत्यु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ। हालसम्म ७५ हजार ७७३ संक्रमित निको भएका छन्।

काठमाडौंमा ७७ हजार ६४५ , ललितपुरमा ११ हजार १६२ र भक्तपुरमा ७ हजार ४४ संक्रमित भएका मध्ये काठमाडौंका ६१ हजार ३७९, ललितपुरका ८ हजार ७३२ र भक्तपुरका ५ हजार ६६२ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १५ हजार ९६७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा १ हजार ३०६ सक्रिय संक्रमित रहेका छन्।

आज काठमाडौं उपत्यकामा ६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुरमा ३ संक्रमितको मृत्यु भएको छ।

उपत्यकामा अहिलेसम्म ४५९ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमडौंमा २९९, ललितपुरमा ८४ र भक्तपुरका ७६ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

२४ घण्टामा २ हजार ५०३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।

२४ घण्टामा देशभर १३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २१३ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ३६ हजार ४५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ तथ्यांक

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : १३ बजे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल