देशभर १९४६ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर १९४६ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा १, झापामा १ सय २१, ताप्लेजुङमा १, तेह्रथुममा १, भोजपुरमा २, मोरङमा ५२, सोलुखुम्बुमा ३ र सुनसरीमा ३५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ८, पर्सामा ७, बारामा ९, महोत्तरीमा ७, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५९, चितवनमा १२, दोलखामा १२, धादिङमा १४, नुवाकोटमा ३, भक्तपुरमा ८८, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ५, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २ सय ८, गोरखामा ६४, तनहुँमा ४३, नवलपरासी पूर्वमा १२, पर्वतमा २४, म्याग्दीमा १०, लमजुङमा १०, बागलुङमा १९ र स्याङजामा ९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुका २१, गुल्मीका ३, दाङका ९, नवलपरासीका २४, पाल्पाका १९, बर्दियाका १५, बाँकेका ३४, रोल्पामा २ र रुपन्देहीका ८२ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ९, डडेल्धुरामा ५२, डडेल्धुरामा १८, डोटीमा ८, दार्चुलामा १ र बैतडीमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : २३ बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा