देशभर १९४६ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

देशभर १९४६ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा १, झापामा १ सय २१, ताप्लेजुङमा १, तेह्रथुममा १, भोजपुरमा २, मोरङमा ५२, सोलुखुम्बुमा ३ र सुनसरीमा ३५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ८, पर्सामा ७, बारामा ९, महोत्तरीमा ७, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५९, चितवनमा १२, दोलखामा १२, धादिङमा १४, नुवाकोटमा ३, भक्तपुरमा ८८, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ५, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २ सय ८, गोरखामा ६४, तनहुँमा ४३, नवलपरासी पूर्वमा १२, पर्वतमा २४, म्याग्दीमा १०, लमजुङमा १०, बागलुङमा १९ र स्याङजामा ९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुका २१, गुल्मीका ३, दाङका ९, नवलपरासीका २४, पाल्पाका १९, बर्दियाका १५, बाँकेका ३४, रोल्पामा २ र रुपन्देहीका ८२ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ९, डडेल्धुरामा ५२, डडेल्धुरामा १८, डोटीमा ८, दार्चुलामा १ र बैतडीमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : २३ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले