कतारमा १ लाख ३५ हजार बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

कतारमा १ लाख ३५ हजार बढीमा कोरोना भाइरसको संक्रमण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३५ हजार ३६७ पुगेको छ ।

शनिबार ९ हजार ५९८ जनालाई परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टी भएको थियो भने २०३ जना उपचारपछि निको भएर घर फर्किएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पर्दासम्म कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ भने उपचारपछि निको हुनेको सङ्ख्य १ लाख ३२ हजार ३५६ पुगेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग तथ्याङक नभए पनि संक्रमणका कारण १८ नेपालीको मृत्यु भएको जनाएको छ ।

मास्क नलगाई हिड्ने थप १६२ जान पक्राउ

मास्क नलगाई हिड्ने थप १६२ जनालाई पक्राउ गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । यस्तै १६ व्यक्तिको सवारीसाधन नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ ।

उनीहरू सबैलाई सार्वजनिक मुद्दा चलाईएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहिबार मात्र मास्क नलगाई हिड्ने १६४ जान र ७ व्यक्तिको सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

कतारमा सवारी चालकसहित एकै परिवारका चार जना मात्र हिड्न अनुमती दिइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ५१ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले