सिन्धुपाल्चोकमा संरक्षित चितुवा मृत फेला « Khabarhub

सिन्धुपाल्चोकमा संरक्षित चितुवा मृत फेला


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–४ मा पर्ने लाम्पाखे सामुदायिक वनको ठूलोचौरमा संरक्षित चितुवा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी २५ किलो तौलको पाटे चितुवा आज बिहान मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

बस्तीबाट अनुमानित एक किलोमिटर माथि जंगलमा टाउकामा चोट लागेको अवस्थामा मृत चितुवा फेला परेको हो । दुई चितुवाबीच भिडन्त हुँदा उक्त चितुवा मरेको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

केही समय पहिले देखि नै बाघ र चितुवाले गाईवस्तु खान थालेपछि स्थानीयवासी चितुवाको आक्रमणबाट हैरान हुँदै आएका थिए ।

मृत चितुवालाई घटनास्थल छेउमा गाडिएको जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : १७ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो