जेष्ठ नागरिकको सबै जिम्मेवारी राज्यले लिन्छ : राज्यमन्त्री मानन्धर « Khabarhub

जेष्ठ नागरिकको सबै जिम्मेवारी राज्यले लिन्छ : राज्यमन्त्री मानन्धर


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जेष्ठ नागरिकको उपचार, संरक्षण र सामाजिक सुरक्षा लगायका सम्पूर्ण प्रबन्ध सरकारले गरिरहेको बताएका छन ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देबिघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले जेष्ठ नागरिक इतिहासका जिउँदा दस्तावेज भएको बताए ।

मन्त्री मानन्धरले जेष्ठ नागरिकको जीवनयापन सहज बनाउनका लागि आवश्यक सामाजिक सुरक्षा, स्वास्थ्य तथा अन्य प्रबन्ध राज्यले गरिरहेको र स्रोतले भ्याएसम्म थप सुविधा बढाउने तयारी गरिरहेको जनाए ।

मन्त्री मानन्धरले कोरोना महामारीबाट जेष्ठ नागरिक बढी प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरे ।  सरकार जनताको जीवन रक्षाका लागि क्रियाशील रहेको बताउँदै जनताको स्वास्थ्य सुरक्षाका लागि सबै प्रबन्ध गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताको जीवन रक्षा र समृद्धिको जनचाहनालाई सँगसँगै अघि बढाइरहेको बताए

मन्त्री मानन्धरले उपत्यकासँगै जोडिएका स्थानहरुमा नयाँ शहरको परिकल्पना गरेको बताउँदै नुवाकोट छिट्टै समृद्धिको केन्द्र बन्ने बताए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसर पारेर देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको जेष्ठ नागरिक संरक्षण दिग्दर्शन २०७७ स्मारिका विमोचन कार्यक्रममा सहभागी हुन मन्त्री मानन्धर नुवाकोट पुगेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ५८ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम