शिक्षक हत्यापछि मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस स्थापना « Khabarhub

शिक्षक हत्यापछि मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस स्थापना


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एक शिक्षकको हत्या गरेपछि सरकारले मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस खडा गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको गत मंगलबार हत्या भएपछि सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५१ जना सुरक्षाकर्मीको संयुक्त सुरक्षा बेस खडा गरेको हो ।

आइतबार स्थापना गरिएको संयुक्त बेस क्याम्पमा सशस्त्र प्रहरीको ३६ सुरक्षाकर्मीको नेतृत्व प्रहरी निरीक्षक सुमन बुढाथोकीले गरेका छन् भने १५ नेपाल प्रहरीको नेतृत्व प्रहरी निरीक्षक मिलन थापाले गरेका छन् ।

विप्लव समूहको आपराधिक गतिविधि बढेपछि त्यस क्षेत्रको सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै संयुक्त सुरक्षा बेस क्याम्प राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

बेशमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिएका छन् ।

विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई गत मंगलबार घाँटी रेटी हत्या गरेपछि मिक्लाजुङ क्षेत्रमा त्रास छाएको छ ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्रमा सर्च गरिरहेको छ ।

७७ जिल्लामै बढाइयो सुरक्षा सतर्कता

विप्लव नेपाल प्रहरीले बुधबार नै मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ ।

कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिँदै सुरक्षा सतर्कता उच्च बनाउन  निर्देशन दिइएको जनाएका छन् ।

शिक्षक हत्याको भोलिपल्ट गत बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो ।

गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट  चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो ।

यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् ।

प्राप्त विवरणअनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । छयालीस जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।

यसबीचमा चन्द समूहबाट प्रहरीले ४३ वटा पेस्तोल, विभिन्न हतियारमा प्रयोग हुने ५०० राउण्डभन्दा बढी गोली, दुई रिभल्बर, तीन थ्रीनट थ्री, एक/एक थान एसएलआर र एलएमजी, एम–१६ र सात एसएमजी बरामद गरिसकेको छ ।

यस्तै प्रहरीले दुई प्रेसर कुकर बम, आठ सुतली बम, २३ सकेट बम, ३८ हाते ग्रिनेट, २१० थान डेटोनेटर पनि बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : १७ बजे

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर