युरोपेली संघ र बिटेनबीच ब्यापार सम्झौताबारे भएन सहमति, वार्ता जारी रहने « Khabarhub

युरोपेली संघ र बिटेनबीच ब्यापार सम्झौताबारे भएन सहमति, वार्ता जारी रहने


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपेली संघ र ब्रिटेनले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे सहमति नजुटेपछि वार्ता जारी राख्ने भएका छन् ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले व्यापार सम्झौता कस्ता रहने भन्ने निर्क्यौल नभइन्जेल सहमतिको प्रयास गरिरहने जनाएका छन् ।

जोनसोन र लायनबीच सुल्झिन बाँकी केही मुद्दाबारे छलफल  भएको बताएका छन् । ब्रिटेन र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको छ । सङ्क्रमणकालीन समय आउँदो डिसेम्बरको अन्त्यमा सकिनेछ।

३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ। व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवै मुलुकका सामानमाथि शुल्क लाग्नेछ।

बेलायतले गत जनवरीमा युरोपेली संघ छोडेको थियो । बेलायतले युरोपेली संघ छाडे पनि ब्यापार व्यवसाय गर्दा हुने आयात निर्यातबारे निधो गर्न ११ महिनाको सङ्क्रमणकालीन समय दिइएको थियो।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ०५ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म