किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ « Khabarhub

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म करिब १२ करोड रुपैयाँ संकलन गरेका छन् । उक्त रकम वीरगञ्जमा सञ्चालन गर्न लागिएको कृषि औजार कारखानाका लागि प्रयोग गरिने उनले बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले आज बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म पोखराका तीन स्थानमा मात्रै १४०८ वटा पुस्तक बिक्री भएको जानकारी दिएका छन् । पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि प्रयोग हुने उनले उल्लेख गरेका छन् ।

उनका अनुसार कारखानामा साना किसानलाई आवश्यक पर्ने विभिन्न प्रकारका कृषि औजार उत्पादन भइरहेको छ। ती औजारहरू के–कस्ता बन्दैछन् भन्नेबारे फुर्सद मिल्ने बित्तिकै भिडियोमार्फत सार्वजनिक गर्ने पनि उनले बताएका छन्।

पुनले कारखाना सञ्चालनका लागि कम्तीमा २० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गर्दै पुस्तक बिक्री अभियान अझै जारी रहने बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : ४३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग