रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको जित


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआमाथि सहज जित निकालेको छ ।

आईतबार राति युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे भने एक गोल पाब्लो ड्याबालाले गरे ।

५७औं मिनेटमा पाब्लो ड्याबालाले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएको खेलमा स्टेफानो स्टुराओले ६१औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ७८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टुरिन क्लबलाई २–१ ले अघि बढाए । खेल सकिन एक मिनेट अघि पेनाल्टीमै दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स २३ अंकसहित तालिकाको चौथो स्थानमा छ । जेनोआ ६ अंकसहित तालिकाको पुछारबाट दोस्रोमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : २४ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि