रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको जित


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआमाथि सहज जित निकालेको छ ।

आईतबार राति युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे भने एक गोल पाब्लो ड्याबालाले गरे ।

५७औं मिनेटमा पाब्लो ड्याबालाले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएको खेलमा स्टेफानो स्टुराओले ६१औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ७८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टुरिन क्लबलाई २–१ ले अघि बढाए । खेल सकिन एक मिनेट अघि पेनाल्टीमै दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स २३ अंकसहित तालिकाको चौथो स्थानमा छ । जेनोआ ६ अंकसहित तालिकाको पुछारबाट दोस्रोमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : २४ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।