कोरोना संक्रमितलाई सुरक्षित बोक्न आविष्कार केन्द्रले बनायो ‘आइसोलेसन च्याम्बर’ « Khabarhub

कोरोना संक्रमितलाई सुरक्षित बोक्न आविष्कार केन्द्रले बनायो ‘आइसोलेसन च्याम्बर’


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितलाई एक ठाउँबाट अर्को ठाउँ सुरक्षित रुपमा लैजान मिल्ने ‘आइसोलेसन च्याम्बर’ तयार पारेको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा निकै सस्तोमा आइसोलेसन च्याम्बर तयार पारेको आविष्कार केन्द्रले दाबी गरेको छ ।

केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हेलिकप्टरमा कोरोनाको बिरामी बोक्ने Manang Air ले लगेको Isolation Chamber. दुई वटा कम्पनीले मात्र त्यसको स्वीकृति पाएछन । अनुमति पाउने अर्को कम्पनी Kailash Air ले China बाट ल्याएको सो च्याम्बर ३ लाख रुपैंया जति परेछ । हाम्रो ८० हजार मात्र पर्‍यो ।’

राष्ट्रिय आविष्कार केन्द्रमै विभिन्न प्रोजेक्टका लागि खटिएका बायोमेडिकल, इलेक्ट्रोनिकल तथा मेकानिकल इंजिनियरहरुको टिमले उक्त च्याम्बर परियोजना सम्पन्न गरेको उनले जनाए ।

आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभन्न उपकरण तथा सामग्री निर्रमाण गर्दै आएको छ ।

यसअघि केन्द्रले पीपीई, मास्क, भाइजर लगायतका सामग्री तयार पारी विभिन्न संघ संस्था तथा स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको थियो ।

आविष्कार केन्द्रका अध्यक्ष पुनले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : २७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ