हात्तीको आक्रमणबाट एकको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट एकको मृत्यु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो ।

आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान आरक्षतर्फ फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए ।

घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा गई अनुसन्धान शुरू गरिएको छ ।  स्थानीयवासीले पटक–पटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।

दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायतका जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ०५ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म