राष्ट्रपतिलाई गगन थापाको चुनौती: हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् « Khabarhub

राष्ट्रपतिलाई गगन थापाको चुनौती: हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस्


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् ।

कांग्रेसले देशव्यापी रुपमा सरकारविरुद्ध आयोजना गरेको विरोधसभाअन्तर्गत धनगढीमा भएको कार्यक्रममा नेता थापाले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गरेका हुन् ।

नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको भन्दै नेता थापाले भने,‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, थापाले भने, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् ।’

कांग्रेसले राजालाई पनि फालेको र राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको भन्दै नेता थापाले भने,‘ राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ ।’

कांग्रेस नसकेर सरकारविरुद्ध सडकमा नआएको भन्दै उनले भने,‘कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’

कांग्रेसले सहयोग गर्न खोजे पनि बालुवाटरमा बसेर सरकार र अहिलेको सरकारको नेतृत्वले षड्यन्त्र मात्रै गरेकोले खवरदारीका लागि सडकमा आएको नेता थापाले बताए । सरकारलाई ठिक ठाउँमा जान बाध्य नपार्दासम्म कांग्रेसले विश्राम नलिने उनले चेतावनी दिए ।

‘नेकपाको सरकारले तत्काल चाहिएको र तत्काल पूरा हुने कुरा गर्दैन, तर कहिल्यै पूरा नहुने हावा कुरा मात्रै गर्छ’, नेता थापाले भने । कहिल्यै भ्रष्टाचार गर्दिन भन्दै सरकारले बालुवाटारको जग्गा, ओम्नी, यति हुँदै ७० करोडसम्मका दर्जनौ काण्डको साथी र मतियार बनेको नेता थापाले आरोप लगाए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : २६ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको