नेप्सेमा उछाल, सात अर्बको कारोवार « Khabarhub

नेप्सेमा उछाल, सात अर्बको कारोवार


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ ।

स्टकका अनुसार नेप्सेमा ५६.७२ अङ्कले वृद्धि भएर दुई हजार ६७.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.०४ ले वृद्धि भई ३८८.१६ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर रु सात अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूह २१.१५ ले ओरालो लाग्दा बैंकिङ २२.१, व्यापार १६१.७६, होटल ३६.१६, विकास बैंक ५६.५२, वित्त ३.३४, निर्जीवन बीमा ३७.१४, उत्पादन १०६.०५, अन्य ६३.३९, लघुवित्त १३६.२१, जीवन बीमा १ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ३९ लाख ९९ हजार ६६८ बराबरको कारोवार भयो । यस्तै पुनरबीमा कम्पनी रु ४६ करोड १५ लाख ३३ हजार ८०४, नेशनल लाइफ इन्स्योरेन्स रु ४२ करोड एक लाख ४३८, नबिल बैंक रु ३२ करोड ७९ लाख ६ हजार ८५९, शिखर इन्स्योरेन्स रु २४ करोड ८० लाख ९० हजार ९३२, एनआइसी एशिया बैंक रु २२ करोड ३५ लाख चार हजार ५२५, शिवम् सिमेन्ट रु १९ करोड ४५ लाख ४५ हजार ७७५, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ८५ लाख १५ हजार १९४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

प्राइम लाइफ इन्स्योरेन्स १०, ग्लोबल आइएमई लघुवित्त ९.९९, नारायणी डेभपलमेन्ट बैंक ९.९८, नेपाल लाइफ इन्स्योरेन्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, माहुली सामुदायिक लघुवित्त ९.९६, नेशनल माइक्रोफाइनान्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, नेशनल माइक्रोफाइनान्स ९.९६, माहुली सामुदायिक लघुवित्त ९.९६ र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए ।

यसैगरी, लिवर्टी इनर्जी ५.७९, यूनिलिभर नेपाल ४.९५, माउण्टेन हाइड्रो ३.८३, कृषि विकास बैंक ३.०८, रिडी हाइड्रोपावर २.५०, हिमालयन ऊर्जा विकास कम्पनी २.३७, रसुवागढी हाइड्रोपावर २.३३, हिमाल दोलखा हाइड्रोपावर कम्पनी २.१६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : ४० बजे

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा