उपेन्द्र यादवले मलाई चीनको इसारामा सांसदबाट हटाए : सरिता गिरी | Khabarhub Khabarhub

उपेन्द्र यादवले मलाई चीनको इसारामा सांसदबाट हटाए : सरिता गिरी


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सरिता गिरीले आफूलाई चीनको इसारामा उपेन्द्र यादवले सांसद पदबाट हटाएको आरोप लगाएकी छिन् ।

उनले यो कार्यमा नेकपा नेतृत्वको सरकार र जनता समाजवादी पार्टीका नेताहरु समेत मिलेको आरोप लगाइएकी हुन् ।

‘आफूलाई दल त्याग ऐन अनुसार निकालेको भनिए पनि दल त्याग नगरेको सबैलाई थाहा छ’ सप्तरी सदरमुकाम राजविराजमा उनका समर्थकहरुले सोमबार आयोजना गरेको मधेश जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, “चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेका हुन् ।”

आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको समेत उनले आरोप लगाइन।

‘आफूलाई सांसद पदबाट निकालेपछि चीनका राजदूत पार्टी कार्यालयमै आउन चाहेकी थिइन’ गिरीले भनिन्, “तर नेताहरुले यहाँ नआउनुस । भिडियोमै खुशीयाली मनाऔं भनेपछि उनी भिडियोमै कुरा गरिन् ।”

चीनका राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् ।

‘बाबुराम उपेन्द्र मधेशमा आएर राष्ट्रपति प्रणाली चाहिन्छ भनिरहेका छन्’ गिरीले भनिन्, “उनको यो तिब्बत बनाउने योजना हो । त्यसका निम्ति बाबुराम भट्टराईलाई जिम्मेबारी दिइएको छ । जसमा उपेन्द्र पनि संलग्न छन् ।”

मधेशमा चिनियाँ प्रभाव बढाउनकै निम्ति भट्टराई यादवसँग मिलेको समेत उनले बताएकी छिन ।

भारतसँग मित्रवत सम्बन्ध रहेकै कारण नेकपा र चीनको संलग्नतामा मधेशका नागरिकको नागरिकता अधिकार खोसिएको उनले आरोप लगाइत ।

‘नेपाल र भारतबीच रोटीबेटीको, संस्कृतिको सम्बन्ध छ’ उनले भनिन्, “यो सम्बन्धलाई कसैले तोड्न सक्दैन् ।”

चीन सरकारलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न उनले चेतावनी समेत दिइन् ।

भट्टराईले न्याय लिन दिएन्

आफूलाई सांसद र साधारण सदस्यता समेतबाट हटाइएपछि न्यायालयमा जाँदा पनि न्यायको बाधक पार्टीकै नेताहरु बनेको उनको आरोप थियो ।

सांसद पदबाट हटाइएपछि सर्वाेच्चमा रिट दायर गरेको उनले बताइन् । रिटमा गिरीको पक्षमा फैसला सुनाइए महाअभियेग लगाउने भनेर बाबुराम भट्टराईले न्यायाधीशलाई धम्की दिएको उनले बताइन् ।

न्यायाधीश पनि पार्टीको भागबण्डाबाट नियुक्त हुने भएकाले उनीहरुले नेताको मात्रै कुरा सुन्ने गरेको गिरीको दाबी छ ।

‘यो देशमा सबै संयन्त्र नेताको बन्धक बनेका छन्’ गिरीले भनिन्, “नेताले न्यायाधीश, प्रहरीसहित राज्य संयन्त्रका कर्मचारीलाई दिनमा रात भनेपछि उनीहरुले पनि रात नै भन्छन् । त्यसैले यहाँ न्याय पाउन कठिन छ ।”

नेकपाका नेताले देशमा समाजवाद उन्मुख राज्य बनाउँछौं भनेपनि अधिनायकवादी व्यवस्था ल्याइएको उनले बताइन् ।

रेणुलाई खोई स्पष्टिकरण ?

सरिता गिरीले यहींकी पार्टी नेतृ रेणु यादवबारे पनि केही बोलेकी थिइन् ।

‘मैले केही नगर्दा पनि सांसद र पार्टीबाट निकालियो’ उनले भनिन्, “तर रेणु यादवले त पार्टी विभाजन गर्न लागेको थियो । उनीसँग किन स्पष्टिकरणसम्म सोधिएन् ?”

उपेन्द्र मधेश विद्रोहका नायक भए पनि अहिले राज्यसत्तासामु आत्मसमर्पण गरेको उनले बताइन् ।

‘जुन राज्य सत्ताको विरोधमा लाखौं लाख मधेशीलाई उतारेर सयौंलाई शहीद बनाइयो, अहिले तीनै उपेन्द्र यादव बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठसँग मिलेर आत्मसर्पण गरिसकेका छन्’ उनले भनिन् ।

नेतृ गिरीले सन् १९५० को सन्धी पुनरावलोकन नगर्न भारतसँग अनुरोध गरिन् ।

‘यो सन्धी त्यत्तिबेलासम्म हुनुहुँदैन जति बेलासम्म मधेशको आवाज भारतसमक्ष नपुगोस्’ उनले भनिन्, “नेपालका ५० प्रतिशत जनसंख्या भएको मधेशीलाई नजर अन्दाज गरेर त्यो सन्धीको पुनरावलोकन हुनुहँदैन् । र, हामी हुन दिन्नौं पनि ।”

उनले यदी यो सन्धीको पुनरावलोकन हुन्छ भने १८१६ को सन्धी पनि समावेश गर्न माग गरिन् ।

‘अंग्रेजले नेपालसँग गरेको १८१६ को सन्धी पनि समावेश गरियोस् र त्यसको जिम्मेबारी भारतले स्वीकार गरोस्’ उनले भनिन्, “नेपाली शासकबाट मधेशीको दमन नहोस् त्यसका लागि हामीलाई सहयोग पनि गरियोस् ।”

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : ५९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी