काठमाडौँ महानगरपालिकाले मनायो २६औँ महानगर दिवस | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिकाले मनायो २६औँ महानगर दिवस


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी राजनीतिक प्रणाली विकास गर्नुपर्ने बताएका छन ।

कामपाको २६औँ महानगर दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले कामपा जेठो महानगर भएकाले यसले नै अन्य स्थानीय तहलाई राजनीतिक रुपमा नै सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिएका हुन ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कामपाले गर्नुपर्ने काम अझै धेरै रहेको भन्दै अन्य स्थानीय तहलाई उदाहरण मिल्ले गरी काम गर्नुपर्ने धारणा राखे ।

काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सम्वृद्धिको लागि सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याए । कामपा सांस्कृतिक शहर रहेको भन्दै प्रमुख शाक्यले तिनको पहिचान र संरक्षण अहिलेको आवश्यकता रहेको उनले बताए ।

पछिल्लो समय शहरमा दीर्घरोगीको सङ्ख्या बढिरहेको भन्दै कामपाले स्थापना दिवसको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गरेको छ ।

आज नै कामपाले इन्द्रजात्रासँग सम्बन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको छ ।

स्थापना दिवसकै अवसर पारेर महानगरले मेयर्स अवार्डबाट एक जनालाई सम्मान गरेको छ ।

त्यसैगरी उत्कृष्ट कर्मचारी १० जना, जनकमान श्रेष्ठ सुशासन पुरस्कार–२०७७ बाट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारी, महानगर सेवा पदकबाट १० जना जनप्रतिनिधि र १० जना कर्मचारीलाई सम्मान गरेको छ ।

सुशासन पत्रकारिता पुरस्कारबाट १० जना पत्रकारलाई सम्मान गरेको छ ।

सो सम्मानबाट न्यूज एजेन्सी नेपालबाट कृष्ण पौडेल, नयाँ पत्रिका दैनिकबाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहा खवरबाट अतिन आचार्य, खबरहब डटकमबाट सविना कार्की, कान्तिपुर टिभीबाट सिर्जना बाँस्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, नेवाः युट्युब्बाट विजयरत्न तुलाधर असंबरे लहनान्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ र नेपाल भाषा डाइम्स सम्मानित भएका छन् ।

कामपाले विसं २०५२ मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष महानगर दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ४२ बजे

सभागृहमा सुरु भयो जबजका तीन दशक राष्ट्रिय गोष्ठी, पूर्वराष्ट्रपतिले राजनीतिक पुनरागमनको घोषणा गर्ने

काठमाडौं – जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं स्मृति

‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन

धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरोन्नतिसम्बन्धी आयोजना

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा