जाडोमा धेरैबेर हिटर ताप्दै हुनुहुन्छ ? साबधान ! ख्याल गर्नोस् नत्र जाला ज्यान « Khabarhub

जाडोमा धेरैबेर हिटर ताप्दै हुनुहुन्छ ? साबधान ! ख्याल गर्नोस् नत्र जाला ज्यान


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ ।

चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ ।

जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । नत्र यसले ज्यान नै लिन सक्छ ।

यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बन मोनोअक्साइड ग्याँस बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन् ।

त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नु पर्ने चिकित्सकहरूले सुझाव दिन्छन् । लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ ।

धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले हाम्रो शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ। यस्तै हिटरको हावाले छालाको क्वालिटिमा समेत असर गर्छ। यसले छाला फुट्ने चाउरीपन देखा पर्नेगर्छ ।

कोठामा बालिने हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ। तर लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकासले हाम्रो आखाँलाई असर पुर्‍याउछ, यसले आखाँको ज्योती कमजोर बनाउनुका साथै आँखा सुक्खासम्म बनाउँछ ।

त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन। सकेसम्म १० सेन्टिमिटर टाटा राखेर हिटर ताप्ने गर्नुपर्छ  ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ५० बजे

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा– झापामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक