ईन्टर मिलानको जितमा चम्किए लुकाकु, २१ सेकेन्डमै पहिलो गोल ! « Khabarhub

ईन्टर मिलानको जितमा चम्किए लुकाकु, २१ सेकेन्डमै पहिलो गोल !


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोपा ईटालिया अन्तर्गत गएराति भएको खेलमा ईन्टर मिलानले जित हासिल गरेको छ ।

इन्टरको जितमा रोमेलु लुकाकुले नायक बने । उनले खेल सुरुवात भएको २१ सेकेन्डमै पहिलो गोल गरेका थिए ।

अन्तिम १६ का लागि भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीयरीलाई ४–१ गोल अन्तरले हराएको हो ।
खेल सुरु भएको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले ईन्टरलाई शुरुवाती अग्रता दिलाए । बोरजा वलेरोले २२ औ मिनेटमा ईन्टरको अग्रतालाई दोब्बर पारे ।

लुकाकुले ४९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ईन्टरलाई ३–० ले अघि बढाएका थिए ।

काग्लीयरीका क्रिस्टियन ओलिभाले ७२ औ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । एन्ड्रिया रनोचियाले ८० औ मिनेटमा हेडमार्फत गोल गर्दै ईन्टरलाई ४–१ को शानदार जित दिलाए ।

लुकाकुले ईन्टर मिलानका लागि २५ खेलमा १८ गोल गर्न सफल भएका छन् । बेल्जियमका अन्तराष्ट्रिय स्टार लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन म्यान्चेष्टर युनाईटेडबाट ईन्टर पुगेका थिए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ७ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना