सलमानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा हुनेछ यस्तो कथा « Khabarhub

सलमानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा हुनेछ यस्तो कथा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला दिन सलमान खान आफ्नो नयाँ फिल्मका कारण चर्चामा छन् । उनले सन् २०२१ को ईदको अवसर पारेर रिलिज हुने गरी फिल्म ‘कभी ईद कभी दिवाली’ को घोषणा गरिसकेका छन् ।

फिल्मको नामजस्तै यसको कहानी पनि उत्तिकै मजाको छ । भारतीय मिडियाका अनुसार फिल्ममा हिन्दू मुस्लिम एकताको देखाइनेछ ।

यतिबेला भारतमा जुन ध्रुवीकरण र नकारात्मक माहोल बनेको छ, यस्तो अवस्थामा सद्भावको सन्देश फिल्मले दिनेछ ।

फिल्मको कहानी सलमान खानको आफ्नै परिवारसँग पनि जोडिएको छ । उनका पिता मुस्लिम हुन् । आमा हिन्दू हुन् । सौतेली आमा हेलेन क्याथोलिक हुन् ।

फिल्मले यस्तै कहानीलाई उठान गर्नेछ । फिल्म सलमानसँगै भाइचाराको भावनामा केन्द्रित हुनेछ ।

यो फिल्मलाई फरहाद समजीले निर्देशन गरेका छन् भने साजिद नाडियाडवाला फिल्मको कथा लेख्नेछन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : ११ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री