बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति | Khabarhub Khabarhub

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत १० लाख ५० हजार प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय मरिणले १० लाख र घ्याङलेख गाउँपालिकाले ५० हजार गरी कूल १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष जगत् भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षतिपूर्तिवापत सो रकम प्रदान गरेका हुन् ।

जङ्गली बँदेलको आक्रमणबाट २०७६ भदौ १४ गते स्थानीयवासी ३७ वर्षीय कृष्णबहादुर घिसिङको मृत्यु भएको थियो । आफ्नै बारीमा बाली खान आएका धपाउने क्रममा बँदेलको आक्रमणबाट घिसिङको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : ०६ बजे

कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

काँक्रेविहार– कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुल निर्माण गर्नका लागि भौतिक

टर्कीएको होटेलमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

एजेन्सी – उत्तरपश्चिम टर्कीएको एउटा होटेलमा भीषण आगलागी हुँदा ७६

ऐना पुछिरहेको कांग्रेस

उर्दू साहित्यका प्रसिद्ध कवि मिर्जा गालिवको बहुचर्चित शेर छ –

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल 

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ ।

विवादमा खेम : खुट्टाले बर्जर थिच्दा के अर्थ लाग्छ ?

काठमाडौं – ‘भ्वाइस अफ नेपाल सिजन- ६’ को प्रसारण सुरु