भन्सार छलेर ल्याइएका १० लाख मूल्यका मोबाइलसहित २ जना पक्राउ « Khabarhub

भन्सार छलेर ल्याइएका १० लाख मूल्यका मोबाइलसहित २ जना पक्राउ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भन्सार छलेर ल्याएका मोबाइलसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

नेपाल–भारत नाकाबाट भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका ३० थान मोबाइलसहित इलाका प्रहरी कार्यालय बनेपाले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फक्राउ पर्नेमा बनेपा बसपार्कस्थित ब्रदर्श मोबाइल सञ्चालकका सुनिल खनाल र सुदीप खनाल छन् ।

उनीहरुले भन्सार छलि गरेर १० लाख रुपैयाँ मूल्य बराबरका मोबाइल ल्याएका देखिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  २ : ३३ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि