ईपीएलमा सन्दीपको टोली परिवर्तन, अब काठमाडौंबाट खेल्ने « Khabarhub

ईपीएलमा सन्दीपको टोली परिवर्तन, अब काठमाडौंबाट खेल्ने


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स ११ बाट खेल्ने भएका छन् ।

बुधबार आयोजकले आफ्नो फेसबुक पेजमा सन्दीप काठमाडौं बाट खेल्ने घोषणा गरेको हो । सन्दीपले अघिल्लो बर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।

ललितपुरले खुल्ला गरेपछि उनलाई काठमाडौंले लिएको हो । अहिले अस्ट्रेलियाको बिग बास (बीबिएल) मा व्यस्त रहेका सन्दीपलाई काठमाडौंका प्रशिक्षक विनोद दासले टिममा लिएका हुन् ।

एभरेष्ट प्रिमियर लिग चैत १ देखि १५ सम्म किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । यस सिजनमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नाम चलेका खेलाडी ल्याउने ईपीएल आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : ०९ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ