यौन दुर्व्यवहारको आरोपमा पशु प्राविधिक पक्राउ « Khabarhub

यौन दुर्व्यवहारको आरोपमा पशु प्राविधिक पक्राउ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिक्तेल- यौन दुर्व्यवहारको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक पक्राउ परेका छन् ।

भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुव्र्यहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि नगरपालिकाका पशु प्राविधिक गणेश आचार्य पक्राउ परेका हुन् ।

आचार्यमाथि आफ्नै कार्यकक्षमा ओजेटीमा आएकी छात्रालाई यौन दुर्व्यवर गरेको अभियोगसहित उजुरी परेपछि मङ्गलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

“आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै छात्राले उजूरी दिएलगत्तै आरोपित आचार्यलाई पक्राउ गरिएको छ”, उनले भने, “पक्राउ परेका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ ।”

जबरजस्ती करणी प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर कारवाही थालिएको आचार्यलाई बिहीबार जिल्ला अदालतमा लगेर म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ । आज सार्वजनिक बिदा भएकाले बिहीबार मात्र आचार्यलाई अदालत हाजिर गराउने तयारी गरिएको प्रनाउ गौतमले बताए ।

प्रहरीमा उजुरी दिएर पीडक पक्राउ परेपछि उनका आफन्तले मिल्नका लागि फोन र भेटघाटमा दवाव दिइरहेको पीडित छात्राले गुनासो गरेकी छन् ।

स्रोतका अनुसार अध्ययनरत विद्यालयबाट ओजेटीमा नगरपालिका पठाइएका तीन जना विद्यार्थीमध्ये उनलाई यथास्थानमा राखेर दुई जनालाई भने पशु चिकित्सालय तथा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलमा पठाइएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ८ : ४६ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले