एक महिनामा ५४ हजार चालकलाई कारवाही | Khabarhub Khabarhub

एक महिनामा ५४ हजार चालकलाई कारवाही


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारवाही गरिएको छ ।

सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको तीन महिने ‘विशेष ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनामा चालकलाई कारवाही गरिएको हो ।

यो अवधिमा झण्डै ४२ हजार जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले दिएको जानकारी अनुसार फुटपाथमा जथाभावी पार्किङ गर्ने पाँच हजार ८१७, जथाभावी हर्न बजाउने एक हजार ५६१, मापसे गरी सवारी चलाउने दुई हजार ७८४, लेन अनुशासन पालना नगर्ने तीन हजार ४१, जथाभावी पिक एण्ड ड्रप गर्ने दुई हजार ४२ र बढी भाडा लिने ८२९ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

यो समयमा पाँच हजार ६४६ सार्वजनिक भाडाका सवारी चालक र सहचालक, एक हजार ६४४ ट्याक्सी चालक, नौ हजार ७५ मोटरसाइकल चालक, ५७ सरकारी सवारीका चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको छ ।

यस्तै २१ हजार ३७६ पैदलयात्री, ७१७ सङ्घ संस्थाका सवारी चालक तथा तीन हजार २२० विद्यार्थीलाई पनि सचेत गराइएको महाशाखाले जनाएको छ । अभियान अन्तर्गत जथाभावी बाटो काट्ने एक हजार ६१० पैदलयात्रीलाई तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : २७ बजे

तीजले हाम्रो संस्कृतिक पहिचानलाई बजबुत बनाएको छ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुरले तीजले हाम्रो संस्कृतिक पहिचान

मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता रजा मुरादले आफ्नो मृत्युको हल्ला

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका

तीजले महिलामा सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको