रुसका राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि मन्त्रिपरिषदको सामूहिक राजीनामा | Khabarhub Khabarhub

रुसका राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि मन्त्रिपरिषदको सामूहिक राजीनामा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसका प्रधामन्त्री दिमित्री मेदभेदेभ सहित उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्।

राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ।

पुटिनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिसहित सबै सदस्यलाई धन्यबाद दिएका छन्।

राष्ट्रपतिको रुपमा पुटिनको कार्यकाल सन २०२४ मा सकिँदैछ। उनले स्टेट काउन्सिलको शक्ति बढाउने प्रस्ताव पनि पेश गरेका छन् जसको अध्यक्षता उनी स्वयंले गर्ने गर्छन्।

प्रधानमन्त्रीबाट राजीनामा दिएका दिमित्रीलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखमा नियुक्त गरेका छन्।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ०७ बजे

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको