ईपीएल क्रिकेटः गत सिजन ललितपुरबाट खेलेका सन्दीपले काठमाडौंबाट खेल्ने | Khabarhub Khabarhub

ईपीएल क्रिकेटः गत सिजन ललितपुरबाट खेलेका सन्दीपले काठमाडौंबाट खेल्ने


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स ११ बाट खेल्ने भएका छन् ।

बुधबार आयोजकले आफ्नो फेसबुक पेजमा सन्दीप काठमाडौं बाट खेल्ने घोषणा गरेको हो । सन्दीपले अघिल्लो बर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।

ललितपुरले खुल्ला गरेपछि उनलाई काठमाडौंले लिएको हो । अहिले अस्ट्रेलियाको बिग बास (बीबिएल) मा व्यस्त रहेका सन्दीपलाई काठमाडौंका प्रशिक्षक विनोद दासले टिममा लिएका हुन् ।

एभरेष्ट प्रिमियर लिग चैत १ देखि १५ सम्म किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । यस सिजनमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नाम चलेका खेलाडी ल्याउने ईपीएल आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ०० बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान