कर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने | Khabarhub Khabarhub

कर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ ।

कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

लामो यात्राका सवारी र यात्रुलाई आराम गर्न सहयोग पुगोस् भन्ने उद्देश्य सेन्टर निर्माणको तयारी भइरहेको महानिर्देशक हमालले बताए ।

‘सेन्टर निर्माणको कार्य चालु आवको एक महिनाभित्रै बोलपत्र आह्वान गर्दैछौँ’, उनले भने, ‘यस कार्यका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएको छ । रिफ्रेस सेन्टरको स्थापनाले लामो समयसम्म हिँडेका सवारीसाधन, चालक र यात्रुका लागि सजिलो हुनुका साथै बजार क्षेत्रसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।’

उत्तर–दक्षिण जोड्ने कर्णाली राजमार्ग र मध्य पहाडी लोकमार्ग जोड्ने राकम कर्णाली सबै दृष्टिले उपयुक्त भएकाले छनोट गरिएको उनले बताए ।

उनका अनुसार सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । महानिर्देशक हमालले गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न रु १७ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

मुलुकका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने सवारी सफा गरेर उपत्यका प्रवेश गराउने योजना गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ११ : ०१ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको