प्रधानमन्त्री ओलीको सम्बोधन शुरु, सुरुवातमै कांग्रेसलाई कटाक्ष (भिडियो) | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको सम्बोधन शुरु, सुरुवातमै कांग्रेसलाई कटाक्ष (भिडियो)


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

eकाठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन शुरु गरेका छन ।

आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा अहिले संसदमा सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले सुरुवातमै कांग्रेसलाई कटाक्ष गरेका छन ।

गत बर्ष सरकारको उपलब्धिबारे संसदमार्फत जानकारी गराउन खोज्दा पालोको बिषय लिएर कांग्रेसले गरेको अवरोधलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गत बर्ष मैले यसै गरी कामको प्रतिबेदन जानकारी गराउने प्रयास गरेको थिए । त्यतिबेलाको कारण र प्रयासबारे जान चाहन्न । लोकतान्त्रिक अभ्यास हुन सको कि सकेन । जननिर्वाचित प्रधानमन्त्रीले कुरा राख्न पाइन तर आज मलाई खुशी लागेको छ, सदनमै बोल्ने बातावरण बनेको छ ।’

आफ्नो कार्यकालको सुरुवाती एक बर्षलाई आधार बर्ष भनेको बताउँदै ओलीले २ बर्षको कार्यकाल गुजारिरहँदा विकासको आरम्भ शुरु भइसकेको उल्लेख गरे ।

पहिलो बर्षलाई कानून निर्माण र संघीयता कार्यान्वयनका आवश्यक संरचना निर्माणमै गुज्रिए पनि अझै कानून निर्माणका काम जारी रहेको उनले उल्लेख गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गत २५ कानून निर्माण भएकोमा यो बर्ष प्रमाणिकरण हुन बाँकि समेत गरी ५५ कानून तयार भएको जानकारी दिए ।

लोकतन्त्र संकटमा परेको भन्ने हल्लकाप्रति पनि ओलीले कांग्रेसलाई कटाक्ष गरेका छन । ‘आम निर्वाचनताका एउटा चलेको थियो कि कम्युनिष्टको सरकार चले हास्न त के रुन पनि पाइन्न भन्ने  । यसलाई खुब दोराएको पाइयो तर वास्तविकता त्यस्तो थिएन ।’ ओलीले भने ।

प्रधानमन्त्री ओलीको सम्बोधन

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ११ : ४२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले