eकाठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन शुरु गरेका छन ।
आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा अहिले संसदमा सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले सुरुवातमै कांग्रेसलाई कटाक्ष गरेका छन ।
गत बर्ष सरकारको उपलब्धिबारे संसदमार्फत जानकारी गराउन खोज्दा पालोको बिषय लिएर कांग्रेसले गरेको अवरोधलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गत बर्ष मैले यसै गरी कामको प्रतिबेदन जानकारी गराउने प्रयास गरेको थिए । त्यतिबेलाको कारण र प्रयासबारे जान चाहन्न । लोकतान्त्रिक अभ्यास हुन सको कि सकेन । जननिर्वाचित प्रधानमन्त्रीले कुरा राख्न पाइन तर आज मलाई खुशी लागेको छ, सदनमै बोल्ने बातावरण बनेको छ ।’
आफ्नो कार्यकालको सुरुवाती एक बर्षलाई आधार बर्ष भनेको बताउँदै ओलीले २ बर्षको कार्यकाल गुजारिरहँदा विकासको आरम्भ शुरु भइसकेको उल्लेख गरे ।
पहिलो बर्षलाई कानून निर्माण र संघीयता कार्यान्वयनका आवश्यक संरचना निर्माणमै गुज्रिए पनि अझै कानून निर्माणका काम जारी रहेको उनले उल्लेख गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गत २५ कानून निर्माण भएकोमा यो बर्ष प्रमाणिकरण हुन बाँकि समेत गरी ५५ कानून तयार भएको जानकारी दिए ।
लोकतन्त्र संकटमा परेको भन्ने हल्लकाप्रति पनि ओलीले कांग्रेसलाई कटाक्ष गरेका छन । ‘आम निर्वाचनताका एउटा चलेको थियो कि कम्युनिष्टको सरकार चले हास्न त के रुन पनि पाइन्न भन्ने । यसलाई खुब दोराएको पाइयो तर वास्तविकता त्यस्तो थिएन ।’ ओलीले भने ।
प्रधानमन्त्री ओलीको सम्बोधन
प्रतिक्रिया