२ खर्बको लगानी प्रतिबद्धता थपियो : प्रधानमन्त्री « Khabarhub

२ खर्बको लगानी प्रतिबद्धता थपियो : प्रधानमन्त्री


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिदर बढेको बताएका छन् । सरकार गठन भएको दुइवर्ष पुगेको अवसरमा संसदमा विषेश सम्बोधन गर्दै प्रधानमन्त्रीले गतवर्ष ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर भएको र कुनै पनि प्रदेशमा ६ दशमलवभन्दा कमको आर्थिक वृद्धिदर नभएको दाबी गरे । आर्थिक वृद्धिदरको सुधारसँगै गरीबी समेत घटेको उनको भनाई छ ।

श्रम बजारमा पहिला भएका वेरोजगारले रोजगारी पाउन नसकेको होला तर नयाँ बेरोजगारी थपिएको छैन । उनले जनतामा बैंकिङ पहुँच पनि बढेको बताए । सम्बोधनका क्रममा उनले भने, ‘बैकका शाखा ९ हजार ३ सय ९४ पुगेको छ । बैकीङ क्षेत्रको सुधार उल्लेख्य छ । खोलौं बैक खाता अभियानअन्तर्गत डेढ लाख खाता नयाँ थपिएका छन् ।’

सरकारले करको दर होइन दायर बढाएको उनले बताए । उनले भने, ‘विदेशी लगानी वृद्धि भएको छ । चालु आर्थिक वर्षमा २ खर्बको लगानी प्रतिवद्धता थपिएको छ । निर्यात २६ दशमलव १ प्रतिशतले बढेको छ । व्यापारघाटा समेत ६ दशमलव १ प्रतिशतले घटेको छ । भारतसँगको व्यापारको निर्भरता समेत घटेको छ ।’

सिंचाई सुविधामा विस्तारले खाद्यान्न उत्पादन बढेको भन्दै प्रधानमन्त्रीले अण्डा र माछाको उत्पादनले आत्मनिर्भर बनेको बताए ।

सडक निर्माणले गलि लिएको भन्दै उनले भने, ‘प्रतिदिन ५ दशमलव ७ किमि सडक कालोपत्रे भइरहेको छ । १३ हजार ६३६ किमि सडक कालोपत्रे भएको ३ हजार ५ सय ७९ किमि सडक ग्रावेल भएको छ । २ वर्षमा ३ सय २५ वटा सडक बनेका छन् । सबै जिल्ला तुइनमुक्त जिल्ला भएको हेर्न चाहेको छु । निर्माणाधिन र निर्माणको संख्यामा रहेको तुइनको संख्या अहिले १८ वटाजति छन् ।’

भारतलाई बिजुली बेच्न थालिएको भन्दै प्रधानमन्त्रीले भने, ‘अहिले १ हजार २ सय ४६ मेघावाट विजुली उत्पादन भएको छ । भारतलाई समेत विजुली बेच्न थालिएको छ । भारत हुँदै बंगलादेशलाई विजुली बेच्ने बाटो खुलेको छ । ८८ प्रतिशत जनसंख्यामा विजुली पुगेको छ । विजुली चुहावट समेत घटेको छ ।’

एमसीसी अन्तर्गत पाल्पा लगाएतका क्षेत्रमा अन्तरदेशीय प्रशारण लाइन विस्तारको योजना अघि बढेको भन्दै उनले एमसीसीमा अमेरिकी सहयोगको ५५ अर्ब र नेपालको १४ अर्ब लगानीले नेपालको आर्थिक स्तर समेत माथि उकास्ने विश्वास व्यक्त गरे ।

‘एमसीसी अन्तर्गत पाल्पा लगाएतका क्षेत्रमा अन्तरदेशीय प्रशारण लाइन विस्तारको योजना अघि बढेको छ । एमसीसीमा अमेरिकी सहयोगको ५५ अर्ब र नेपालको १४ अर्ब लगानीले नेपालको आर्थिक स्तर समेत माथि उकास्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।

राष्ट्रियसभा चुनावले पनि जनताले सरकारको कामलाई कसरी हेरेका छन् भन्ने पुष्टि भइसकेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘उपनिर्वाचनमा सत्तारुढ दलका केही नेताले हारेको भएपनि सिटको संख्या सरकारको पक्षमा बढि आयो । त्यसले जनताको भावना समेत देखाएको छ भन्ने मालाइ लाग्छ । ‘

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १२ : ०९ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट