काठमाडौ– चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ ।
चीनबाट नेपाल ल्याईन लागेका केहीको स्वास्थ्यमा समस्या देखिएपछि विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।
सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्यादेखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।
बेइजिङस्थित राजदूतावासका उपप्रमुख सुशील लम्सालले केही विद्यार्थीलाई ज्वरो देखिएपछि उनीहरुलाई विमान चढ्नबाट रोकिएको वताए ।
शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेकोथियो।
चीनबाट ल्याईने नेपालीलाई खरीपाटीको क्वारेन्टाइनमा राखिने छ ।
प्रतिक्रिया