पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान « Khabarhub

पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले मेघ-गर्जन तथा चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आइतबार विहान देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

विभागले देशका पहाडी भू-भागहरूमा मेघगर्जन, चट्यांङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०२ गते (आइतबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्यांङसहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

चैत्र ०३ गते (सोमबार)

दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०४ गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : १७ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ