कोरोनाको केन्द्रबिन्दु अब युरोपमा, बेलायतमा २४ घण्टामै ज्यान गुमाउनेको संख्या दोब्बर « Khabarhub

कोरोनाको केन्द्रबिन्दु अब युरोपमा, बेलायतमा २४ घण्टामै ज्यान गुमाउनेको संख्या दोब्बर


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।

इटलीमा २४ घण्टामा  १७५ जनाको मृत्यु भएको छ ।  अहिलेसम्म त्यहाँ कुल १,४४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजार १ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

कोरोना भाइरस (कोभिड-१९ )को सङ्क्रमणबाट बेलायतमा गएकाे २४ घण्टामा थप १० जनाको ज्यान गएको छ ।

अहिलेसम्म काेराेनाकाे कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि राष्ट्रिय प्रयासमा भाग लिन स्वास्थ्य लगायत सबै क्षेत्रसँग आग्रह गरेका छन् ।

युरोपेली सङ्घका दुई ठूला देश फ्रान्स र स्पेनले पनि कोरोनाको प्रकोप सामना गर्न इटालीको जस्तै आपतकालिन प्रतिबन्ध लगाएका छन् । इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिसकेको छ ।

न्युजिल्याण्डले पनि यात्रामा कडाइ गर्दै देश भित्रिएकालाई क्वारेण्टाइनमा बस्न भनेकाे छ । युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, नर्वे लगायतका देशमा सङ्क्रमण र ज्यान जानेको संख्या बढीरहेको छ ।

चीनको वुहानबाट सुरु भएकाे कोरोना भाइरस अहिलेसम्म विश्वका १५१ देशमा फैलिसकेको छ । अहिलेसम्म १ लाख ५६ हजार ५ सय ३३ जनामा काेराेनाकाे सङ्क्रमण भएकाे पुष्टि भएको छ भने सङ्क्रमित ७५ हजार ९ सय २२ जना उपचारपछि घर फर्किएका छन् ।

काेरानाकाे कारण विश्वभर ५ हजार ८ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : २७ बजे

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा