कोरोनाको केन्द्रबिन्दु अब युरोपमा, बेलायतमा २४ घण्टामै ज्यान गुमाउनेको संख्या दोब्बर « Khabarhub

कोरोनाको केन्द्रबिन्दु अब युरोपमा, बेलायतमा २४ घण्टामै ज्यान गुमाउनेको संख्या दोब्बर


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।

इटलीमा २४ घण्टामा  १७५ जनाको मृत्यु भएको छ ।  अहिलेसम्म त्यहाँ कुल १,४४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजार १ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

कोरोना भाइरस (कोभिड-१९ )को सङ्क्रमणबाट बेलायतमा गएकाे २४ घण्टामा थप १० जनाको ज्यान गएको छ ।

अहिलेसम्म काेराेनाकाे कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि राष्ट्रिय प्रयासमा भाग लिन स्वास्थ्य लगायत सबै क्षेत्रसँग आग्रह गरेका छन् ।

युरोपेली सङ्घका दुई ठूला देश फ्रान्स र स्पेनले पनि कोरोनाको प्रकोप सामना गर्न इटालीको जस्तै आपतकालिन प्रतिबन्ध लगाएका छन् । इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिसकेको छ ।

न्युजिल्याण्डले पनि यात्रामा कडाइ गर्दै देश भित्रिएकालाई क्वारेण्टाइनमा बस्न भनेकाे छ । युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, नर्वे लगायतका देशमा सङ्क्रमण र ज्यान जानेको संख्या बढीरहेको छ ।

चीनको वुहानबाट सुरु भएकाे कोरोना भाइरस अहिलेसम्म विश्वका १५१ देशमा फैलिसकेको छ । अहिलेसम्म १ लाख ५६ हजार ५ सय ३३ जनामा काेराेनाकाे सङ्क्रमण भएकाे पुष्टि भएको छ भने सङ्क्रमित ७५ हजार ९ सय २२ जना उपचारपछि घर फर्किएका छन् ।

काेरानाकाे कारण विश्वभर ५ हजार ८ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : २७ बजे

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी