पूर्वमिस नेपाल उषा खड्गी 'डिभोर्स'को तयारीमा | Khabarhub Khabarhub

पूर्वमिस नेपाल उषा खड्गी ‘डिभोर्स’को तयारीमा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल उषा खड्की र जिपी तिमिल्सिना अलग्गिएका छन् । सन् २००० की मिस नेपाल उषा र सञ्चारकर्मी जिपी तिमिल्सिनाको सम्बन्धमा केही वर्षयता दरार आएको थियो ।

उषाले आफू शारीरिक र मानसिक रुपमा दुर्व्यवहारमा परेर एकसाथ बस्न नसक्ने उल्लेख गर्दै ‘नाइँ’ भनेको बताएकी छिन् ।

लामो समयदेखि परिवारमा खटपट परे पनि मिडियामा डिभोर्स हुन लागेको हल्लापछि यी दुईले आफूहरुले डिभोर्स गर्न नखोजेको दाबी गर्दै आएका थिए । अब भने उषाले आफू कानूनी रुपमा अलग हुने निर्णय गरेको बताएकी छिन् ।

उषाले आफ्नो आधिकारिक फेसबूकमा एक स्टाटस लेख्दै भनेकी छिन्, ‘यदि तपाईं बिहेको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन आधार छैन, अब म ‘नो’ भन्छु ।’

उनले अब सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन् ।

जिपी र उषाले प्रेमविवाह गरेका थिए । झण्डै १७ वर्ष साथै बसेपछि यी दुईले छुट्टिने निर्णय गरेका हुन् ।

साथै उषाले एक अन्तर्वार्ताका २ क्लिप पनि सार्वजनिक गरेकी छिन् । उक्त क्लिपमा उषा बोल्दाबोल्दै भक्कानिन्छिन् ।

उषाले शनिवार यो कुराको जानकारी गराए पनि कानूनी डिभोर्स हुन बाँकी रहेको बताएकी छिन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ४० बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।