फ्यानले पललाई सोधे – बिहेको भोजमा नगएर कता हो हिरो ? « Khabarhub

फ्यानले पललाई सोधे – बिहेको भोजमा नगएर कता हो हिरो ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता पल शाह र आँचल शर्माको निकटताले सधै चर्चा पाइरह्यो । पल र आँचलले नाइँ नभन्नू ४, जोनी जेन्टलमेन, शत्रु गते लगायत फिल्ममा एकसाथ काम गरे । यी दुईको जोडीलाई म्युजिक भिडियोमा पनि उत्तिकै रुचाइयो ।

फागुन २९ गते आँचलको धुमधामका साथ बिहे भयो । तर, आँचलको बिहेमा पल पुगेनन् । जबकि, आँचल र पलले एकअर्कालाई मिल्ने साथी भएको बताउँदै आएका थिए ।

वर्षौंसम्म ‘आँप’ जोडीले अनस्किृन रोमान्स गरे । आँचलले सार्वजनिक कार्यक्रममा भन्ने गर्थिन् – यो क्षेत्रको सबैभन्दा मिल्ने साथी पल शाह नै हुनुहुन्छ ।

पल र आँचलबीच लामो समय प्रेम अंकुराएको चर्चा पनि चल्यो । तर, यो कुरालाई न पलले स्वीकारे । न त आँचलले नै स्वीकारिन् । पर्दामा भने यो जोडी एकपछि अर्को गर्दै दोहोरियो । मेकरले पनि पल र आँचललाई लिएर म्युजिक भिडियो बनाइरहे ।

पछिल्लो समय भने आँचल र पलको सम्बन्ध चिसिएको चर्चा थियो । तर, यसबारेमा पल र आँचल दुवैले मुख खोलेका थिएनन् ।

एक म्युजिक भिडियोमा पल शाह र आँचल शर्मा ।

आँचलको बिहेमा पलले सहभागी नजनाएपछि भने यी दुईबीच सम्बन्ध राम्रो नभएको प्रष्ट भएको हो । जबकि, पल र आँचलले एकअर्कालाई मिल्ने साथी भन्दै आएका थिए ।

आँचलको बिहेमा पलले काठमाडौं नै छोडे । फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा शीर्ष भूमिका निभाएका पल शाह, पूजा शर्मा र निर्देशक सुदर्शन थापा मुक्तिनाथ दर्शनका लागि भन्दै काठमाडौं बाहिर गए । खबरका अनुसार आँचलको बिहेको कार्ड पल र पूजा दुवैलाई पुगेको थियो ।

तस्वीर – मेरोफिल्म डटकम

यता पलले भने पोखराबाट ‘शुभबिहानी’ भन्दै इन्स्टाग्राममा एक तस्वीर शेयर गरेका छन् । उक्त तस्वीरमा फ्यानले आँचलसँगको सम्बन्ध पनि कोट्याएका छन् । आफ्नो बेस्टफ्रेण्डको बिहेमा काठमाडौं छोडेर घुम्न निस्किनुले पनि के दर्शाएको छ यी दुई कुनै बेला नजिक मात्र थिएनन् । प्रेममा पनि थिए ।

अब एकअर्कालाई नजिक बनाउन पनि सक्ने अवस्था शायद छैन ।

अभिनेत्री आँचल शर्माले पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग बिहे गरेकी छिन् ।

आँचलले सामाजिक सञ्जालमा आफ्नो बिहेले रंगीन बनाइरहेका बेला पलले पोखरा घुम्दाको तस्वीर शेयर गरेका हुन् ।

पलको तस्वीरमा कमेन्ट छोड्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘बिहेको भोजमा नगएर कता हो यस्तो हिरो ?’

 

View this post on Instagram

 

Goodmorning Pokhara ?

A post shared by Paul Shah (@paulshah_official) on

एक प्रयोगकर्ताले भने बडो रमाइलो कमेन्ट गरेका छन् । उनले लेखेका छन् – ‘भाउजू त अर्कोले उडायो भन्ने सुन्दैछु त दाइ, खासमा कुरो के हो ?’

आँचल शर्मा र पल शाह ।

पल र आँचल नजिकिएकोमा यी दुईका फ्यान निकै खुशी थिए । तर केही महिनायता यी दुईको ब्रेकअप भएको बताइन्छ । यद्यपि दुवैले प्रेमका बारेमा कहिल्यै खुलेर बोलेका थिएनन् ।

बिहेपछि पलले आँचललाई इन्स्टाग्राममा पनि अनफलो गरिसकेका छन् । आँचलले पनि पललाई अनफलो गरेकी छिन् ।

काठमाडौंको हायात होटलमा भव्य पार्टीको आयोजना गरेर सयौं सेलिब्रेटी हुँदा पल भने कतै देखिएनन् । उनी बिहेमा उपस्थित हुनुपर्छ भनेर नै अकस्मात मुक्तिनाथ दर्शनमा गएका थिए ।

‘हिजोसम्म सबैभन्दा मिल्ने साथी भन्ने आँचलको बिहेमा पल त पुग्नुपर्ने होइन र ?,’ फ्यानले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ३२ बजे

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका