प्रचण्डलाई थप्पड हानेका कुँवर संसद भवन छिरेपछि पक्राउ « Khabarhub

प्रचण्डलाई थप्पड हानेका कुँवर संसद भवन छिरेपछि पक्राउ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई एउटा कार्यक्रममा थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् ।

प्रहरीको सुरक्षा घेरामा रहेको संघीय संसद भवनमा जवरजस्ती छिरेको आरोपमा प्रहरीले शनिबार राति कुँवरलाई पक्राउ गरेको हो ।

संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार कँुवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

प्रहरीसँग उनले नेताहरुले देश बिगारे भन्दै ‘हल्ला गरेपछि’ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दूर्गाराज रेग्मीले कुँवर पक्राउ परेको जानकारी दिए ।

बाग्लुङको राजकुत भर भएका कुँवरले २०६९ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एउटा कार्यक्रममा प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  २ : ३० बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध