कोरोना भाइरस महामारीको अवस्था हेरेर एसईईको तालिका बन्छ : मन्त्री ढकाल « Khabarhub

कोरोना भाइरस महामारीको अवस्था हेरेर एसईईको तालिका बन्छ : मन्त्री ढकाल


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस महामारीको अवस्था हेरेर एसईईको तालिका बनाउने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको त्रास बढिरहेको बेलामा स्कुल बन्द गर्न किन ढिलाइ गरेको भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चैत्र पाँच गते १ देखि ९ कक्षा सम्मका करिब ५० लाख विद्यार्थीको परीक्षा सकिने र त्यसपछि एक महिना विद्यालयहरु स्वत बन्द हुने बताए ।

‘नेपालमा अहिले ५६ लाख विद्यार्थी अध्ययनरत छन् । मन्त्री ढकालले भने,‘१ देखि ९ सम्मका ५० लाख विद्यार्थीएको जाँच चैत्र पाँच गते सकिन्छ’ मन्त्री ढकालले भने,‘एसईई परीक्षा सञ्चालनको कुरा हामी दुई/तीन दिनसम्म हेरेर यो महामारीको स्थिति कुन अवस्थामा हुन्छ भन्ने कुरालाई हेरेर त्यसको सेडुल बनाउने खालको सोचाइ बनाएका छौं ।’

एसीईई परीक्ष पाँच गतेदेखि सञ्चालन हुन लागेको भन्दै उनले चार गतेसम्मको अवस्था हेरे छिमेकी मित्र राष्ट्रसँगको अवस्था हेरेर यसलाई कति व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा हेरेर निर्णयमा पुग्ने उनले बताए ।

‘थप संक्रमण भित्रियो भने त्यो जोखिमबाट बच्नलाई त त्यो परीक्षा स्थगित गर्नुको विकल्प रहेन’ उनले भने,‘तर त्यो अलिकति समय लगाएर हेर्दै जाउँ भन्ने कुरा छ ।’

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  २ : ४५ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध