पाकिस्तानी सेनाका कारण मानव अधिकारको अवस्था दयनीय– बलोच र पस्तुन अधिकारकर्मी | Khabarhub Khabarhub

पाकिस्तानी सेनाका कारण मानव अधिकारको अवस्था दयनीय– बलोच र पस्तुन अधिकारकर्मी


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको खैबर पख्तुनख्वा र बलोचिस्तानका राजनीतिक अधिकारकर्मीहरुले त्यस क्षेत्रमा पाकिस्तानी सेनाका कारण मानव अधिकारको अवस्था दयनीय बन्दै गएको बताएका छन् ।

जेनेभामा जारी संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ४३ औं सम्मेलनमा त्यस क्षेत्रका राजनीतिक अधिकारकर्मीहरुले मानव अधिकारको कुरा उठाएका हुन् ।

सम्मेलनमा बोल्दै पस्तुन अधिकारकर्मी फैजल उल रहमान अफ्रिदीले पाकिस्तानको खैबर पख्तुनख्वामा पाकिस्तानी सेनाले कथित आतंकवादविरुद्धको युद्धका क्रममा निर्दोष सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाए । उनले त्यस क्षेत्रमा पाकिस्तानी सेनाले ९० हजार भन्दा धेरै घरहरु र ८ हजार भन्दा धेरै पसल ध्वस्त पारेको बताए ।

पाकिस्तानले सहयोगको नाममा अर्बौं डलर प्राप्त गरेपनि त्यस क्षेत्रका घर, बजार विद्यालय र अरु पूर्वाधारको पुननिर्माणका लागि कुनै खर्च नगरेको उनको भनाइ छ ।

त्यसबाहेक उनले पस्तुन मानअधिकारकर्मी मञ्जुर अहमद पश्तीनलाई पृथकतावादको आरोपमा ३० दिनसम्म नियन्त्रणमा राखिएको पनि जनाए । यस्तै दुई मानवअधिकारकर्मी इद्रिस खटक, हजरत नयिम अब्दुल कयूमलाई आईएसआईले बेपत्ता बनाएको र एहशानुल्लाह एहशानलाई बन्धक बनाएर पछि मुक्त गरिएको उनको आरोप छ ।

सम्मेलनमा उनले अझै पनि हानिफ पश्तीन, जुल्करनैन बचा, ओवियस अब्दल, अलमगिर वजिरजस्ता अधिकारकर्मी गैरकानूनी हिरासतमा रहेको जानकारी दिए ।

‘हामी त्यस क्षेत्रमा पाकिस्तानी सेनाले गरेको युद्ध अपराध र मानवता विरुद्धको अपराधमाथि संयुक्त राष्ट्रसंघको मातहतमा सत्य निरुपण आयोग गठन हुनुपर्ने माग गर्छौं’ उनले भने ।

अर्का बलोच राजनीतिक अधिकारकर्मी मुनिर मंगलले बलोचिस्तान प्रान्तमा पाकिस्तानी सेनाको कारवाहीप्रति चिन्ता व्यक्त गरे ।

पाकिस्तानको रणनीति अनुसार बलोचिस्तानमा सुस्त गतिमा जातीय सफाया भइरहेको मंगलको भनाइ छ ।

मुनिरका अनुसार त्यस क्षेत्रमा मानिसहरुलाई आफ्नो जमिनबाट अलग्यिाइएको, र स्थानीयहरुको इच्छाबेगर खनिज पदार्थको दोहन भइरहेको छ ।

चीन पाकिस्तान इकोनोमिक करिडोर सिपेक परियोजनाका लागि हजारौं मानिसहरुलाई घरवारविहीन बनाइएको र जबरजस्ती बेपत्ता पारिएको उनको आरोप छ ।

उनले परिषद्समक्ष पाकिस्तानले त्यस क्षेत्रमा गरिरहेका मानव अधिकार उल्लंघनका घटनाको स्वतन्त्र छानबिन गर्न पनि माग गरे ।

‘पाकिस्तान बलोचहरुको आवाज दबाउन लागिपरेको छ । हजारौं मािनसहरुलाई जबरजस्ती बेपत्ता बनाइएको छ भने खुलेआम यस्ता कामहरु भइरहेका छन् ’ उनले भने ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ५१ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि