कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु (लाइभ) « Khabarhub

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु (लाइभ)


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि साझ रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेताहरु भिडियो कन्फरेन्समा सहभागि भएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

मोदीको प्रस्ताव स्वीकार गर्दै नेताहरु कन्फरेन्समा सहभागि भएका हुन् ।

यो कन्फरेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागि छन् ।

पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा. जाफर मिर्जाले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : १८ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध