कोरोना भाइरसविरुद्धको लडाईंमा वृहद रणनीति आवश्यकः राष्ट्रपति सोलिह « Khabarhub

कोरोना भाइरसविरुद्धको लडाईंमा वृहद रणनीति आवश्यकः राष्ट्रपति सोलिह


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोना भाइरसविरुद्ध कुनै पनि राष्ट्रले एक्लै लड्न नसक्ने बताएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा राष्ट्रपति सोलिहले कोरोना भाइरसको रोकथामका लागि साझा प्रयास आवश्यक रहेको बताएका हुन् ।

उनले जनवरीबाट मालदिभ्सले कोरोनाविरुद्ध लड्ने प्रयास गरिरहेको बताए । विभिन्न टापुहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि क्वारेन्टाइनको व्यवस्था गरेको जानकारी दिए ।

उनले बाहिरी टापुहरुमा विशेषज्ञ उपचार नहुने भएका कारण सबैलाई राजधानी माले ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिए ।

‘विशेषज्ञ चिकित्सकहरुको अभाव सँधै चुनौती छन् । यो प्रकोपको बेला अझ ठूलो चुनौती बनेको छ ।’ उनले भने

उनले भारतले गरेको सहयोगप्रति विशेष धन्यवाद दिए ।

कोरोना भाइरसका कारण पर्यटकहरु घटिरहेको जानकारी दिए । उनले भने, ‘सीमित श्रोत छन् । मालदिभ्सको आफ्नै किसिमको भूभागका कारण यसले उत्तिकै चुनौती र अवसर प्रदान गरेको छ ।’

उनले फेब्रुअरी महिनामा १३ प्रतिशतले पर्यटकको संख्या घटेको जनाए । यसको प्रमुख असरका रुपमा कोरोना भाइरस नै भएको बताउँदै उनले यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेको र आगामी दिनमा अझ व्यापक असर पर्ने सम्भावना देखिएको बताए ।

माल्दिभ्समा पर्यटकले कूल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा ओगटेको जनाउँदै राष्ट्रपति सोलिहले कोरोना भाइरसले चुनौती थपेको बताए ।

उनले माल्दिभ्समा सबैभन्दा बढी चिनियाँ र इटालीबाट पर्यटक आउने भए पनि अहिले ती राष्ट्रहरु नै कोरोना भाइरसको चपेटामा परेका बताए ।

उनले विदेशी मुद्रा घटेको जानकारी दिँदै ४५० मिलियन कमी आएको बताए । आयातमा आधारित मालदिभ्सको अर्थतन्त्रमा असर परेको छ । सरकारी आयमा पनि कमी आएको छ । उनले कोरोना भाइरसविरुद्धको लडाईं वृहद क्षेत्रीय रणनीति बनाउन आवश्यक रहेको बताए ।

पहिलो स्वास्थ्य अधिकारीबीच समन्यव आवश्यक छ । उनले अर्थतन्त्रलाई सुदृढ बनाउने खालको योजना बनाउनुपर्ने समेत बताए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ५२ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ